संस्थाले गर्दै आएको मानव सेवा,समाज कल्याण,धार्मिक,सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिंदै विधानमा उल्लेखीत उद्देश्य प्राप्त गर्नका लागी नेपाल सरकार,विभिन्न संघ/संस्था,निकायहरुसंग समन्वय गर्दै, धार्मिक सभा,गोष्ठी,प्रवचन,यज्ञ,अनुष्ठान,योग,ध्यान, वातावरण संरक्षण आदिका कार्यक्रमहरुलाई देशभित्र र देश बाहिर समेत संचालन गरिने छ।यस संस्थाका प्रमुख संरक्षक गुरुजीश्रीको सद्इच्छा र अथक परिश्रमबाट आफ्नै जन्मभूमीमा निर्माण भइरहेको,विश्वको सबै मानिसहरुले आएर प्राकृतिक रआध्यात्मिक लाभ लिन पाउने र सक्ने अक्षरातित श्रीकृष्णधाम रआश्रम क्षेत्रलाई गुरुजीको इच्छा बमोजिम अन्तराष्ट्रियअध्यात्मअध्ययन तथा साधना स्थलको रुपमा विकाश गर्ने,मानव सेवाआश्रम संचालन गरी दीन-दु:खी,असहाय मानिसहरुकाे संरक्षण गर्ने,गुरुकुल आश्रम संचालन गर्ने,योग ध्यान,अध्ययन कक्षहरु निर्माण गर्ने,अतिथी आवास,स्थायी भोजनालय निर्माण गर्ने, आवश्यक संरचना निर्माणका लागी जमीन खरिद गर्ने,संस्थामा आबद्घ सबैको इतिहांस समेटिने ब्यवस्थित फोटो संग्रहालय स्थापना गर्ने जस्ता महत्वपूर्ण योजनामा संस्था लागी परेको छ।देशका विभिन्न आवश्यक स्थलहरुमा र तिर्थस्थलहरुमा सेवा आश्रम संचालन गर्ने,धार्मिक तथा सांस्कृतिक पर्यटन विकाशमा सबै पक्षसँग मिलेर काम गर्ने संस्थाको नीति रहेको छ।
नीति तथा कार्यक्रम
