यस संस्थाका प्रमुख संरक्षक गुरुजी श्री हिरामणी त्रिपाठीज्यू हुंनुहुन्छ।नुवाकोट जिल्ला साविक मदानपूर-६,दाङ्मैमा वि.सं २००८ साल वैशाख २८ गते पिता स्व.श्री चन्द्र प्रसाद तिवारी/त्रिपाठीको एक मात्र सुपुत्रको रुपमा स्व.श्री कुर्म कुमारी त्रिपाठीको कोखबाट जन्म लिनुभएका गुरुजीले २ बर्षको उमेरमा पिता गुमाएर टुहुरो भई उचित रेखदेख र शिक्षाको अभाबमा पनि सानै उमेर देखी विभिन्न गुरुहरुका घर घरमा गएर र पछि नेपाल तथा भारतका विभिन्न मठ,गुरुकुल आश्रमहरुमा बसेर संस्कृत अध्ययन तथा शास्त्रिय ज्ञान उपार्जन गरे पश्चात् आफनै जन्मभूमीमा फर्केर धार्मिक जागरण,समाज सुधार,शिक्षाको बिकाश,दीन,दु:खीहरुको सेवा गर्दै बि.सं. २०४७ सालमा श्री कृष्ण मन्दिर निर्माण गरी आफ्ना गुरुजीलाई गादीमा राखेर अटुट भागवत कथा ५ वर्ष संचालन गर्नुका साथै ठूला ठूला यज्ञ,अनुष्ठान,शिविरहरु संचालन गरेर धेरै मानिसका आत्म जागनी गर्दै तत् पश्चात जन्मभूमी...