Close sidebar

संस्थाको परिचय

यो संस्था जिल्ला प्रशासन कार्यालय,नुवाकोटमा बि. सं.२०७५ सालमा दर्ता भएको एक धार्मिक तथा सामाजिक संस्था हो।वर्तमान विश्वमा बिभिन्न धर्म,पन्थ,समुह,विचारधाराहरुमा आपसी मतभेद भई मानव समाजको खण्डिकरण,पतन र क्षती भइरहेको,कलीको भयावह शासनबाट आपसी सदभाव प्रेम,भाइचारा घट्दै गइरहेको,असुर बृत्ती बढिरहेको,आध्यात्मिक शिक्षा र नैतिक चरित्रमा कमीको कारण हिंसा,हत्या,आत्म हत्या,भ्रस्टाचार, ब्यभिचार जस्ता कुराहरु मौलाउदै गइराखेकोले सबैमा आध्यात्मिक जागरण मार्फत आपसी सदभाव,प्रेम, सहयोग,सेवा अभिबृद्धी गराउने,सत्य सनातन धर्मको संरक्षण र प्रचार गर्ने,जीवन,जगत,आत्मा देखि पुर्ण ब्रह्म परमात्मा अक्षरातित श्रीकृष्णको परिचय दिनुका साथै मानव सेवा गर्ने र यस संस्थाका प्रमुख संरक्षक गुरुजीको सत्प्रेरणा बाट शुभारम्भ भएको मानवता बिहिन कली युग अन्त्यको निमित्त सत्य युग बिजय सङ्कल्प यात्रालाई अघि बढाउने योजना र लक्ष सहित यो संस्था स्थापना र संचालन गरिएको छ।
प्रकृतिको अत्यन्तै सुरम्य काखमा बन,जङ्गल,खोला,फाँट आदिको प्राकृतिक धनबाट बिभूषित,स्वच्छ हावा,पानी भएको,डाँडा काँडा,टार र हिमालको मनोरम दृश्य देखिने,अत्यन्तै उर्बरा भुंमी,पूर्वजहरुको तपस्या,आराधना र कर्मस्थल,देश तथा बिदेशमा रहनुभएका थुप्रै भक्तजनहरु माझ साझा गुरु तीर्थको रुपमा परिचित साबिक मदानपूर -६ हाल बेल्कोटगढी नगरपालिका -१३,हरिहर क्षेत्र, दाङ्ग्मै,नुवाकोटमा बि. सं.२०४७ साल देखि स्थापना गरिएको पूर्ण ब्रहम परमात्मा अक्षरातित श्रीकृष्णको राज मन्दिरको पासमा यस संस्थाको कार्यालय रहेको छ।

अक्षरातित श्रीकृष्ण आराधना सेवा संस्था

बेल्कोटगढी न. पा -१३ हरिहर क्षेत्र , दाङ्ग्मै, नुवाकोट

9851121538,9818035615

 - 
English
 - 
en
German
 - 
de
Hindi
 - 
hi
Japanese
 - 
ja
Nepali
 - 
ne