Close sidebar

राष्ट्रीय कोटीहोममा सेवामा

मिति २०८० फाल्गुण २ गतेबाट चैत्र ३ गतेसम्म काभ्रे जिल्लाको पनौती न.पा.-११,लड्केश्वरधाममा ॐकार टेलिभिजन रॐकार फाउण्डेसनबाट आयोजना गरिएको राष्ट्रीय कोटीहोममा सहभागी भई संस्थाले अभुतपूर्व सेवा गरेको छ,ऐतिहासिकरुपमा सम्पन्न यस महायज्ञमा ७७ जिल्लाकै नागरिकहरु देखि वर्तमान राष्ट्रपती,श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिक्रम शाह,श्री५ महारानी कोमल राज्य लक्ष्मी शाह लगायत राजपरिवारका अन्य सदस्यहरु,देशका विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरु,साधु,सन्त,बिद्वान,बिदुषीहरुको सहभागिता रहेको थियो।यस ऐतिहासिक गरिमामय महायज्ञमा संस्थाले सेवा गर्न पाउनु संस्थाको लागि र आयोजकको लागि समेत गौरवको बिषय रहेको छ।

 - 
English
 - 
en
German
 - 
de
Hindi
 - 
hi
Japanese
 - 
ja
Nepali
 - 
ne