Close sidebar

प्रमुख संरक्षक

यस संस्थाका प्रमुख संरक्षक गुरुजी श्री हिरामणी त्रिपाठीज्यू हुंनुहुन्छ।नुवाकोट जिल्ला साविक मदानपूर-६,दाङ्मैमा वि.सं २००८ साल वैशाख २८ गते पिता स्व.श्री चन्द्र प्रसाद तिवारी/त्रिपाठीको एक मात्र सुपुत्रको रुपमा स्व.श्री कुर्म कुमारी त्रिपाठीको कोखबाट जन्म लिनुभएका गुरुजीले २ बर्षको उमेरमा पिता गुमाएर टुहुरो भई उचित रेखदेख र शिक्षाको अभाबमा पनि सानै उमेर देखी विभिन्न गुरुहरुका घर घरमा गएर र पछि नेपाल तथा भारतका विभिन्न मठ,गुरुकुल आश्रमहरुमा बसेर संस्कृत अध्ययन तथा शास्त्रिय ज्ञान उपार्जन गरे पश्चात् आफनै जन्मभूमीमा फर्केर धार्मिक जागरण,समाज सुधार,शिक्षाको बिकाश,दीन,दु:खीहरुको सेवा गर्दै बि.सं. २०४७ सालमा श्री कृष्ण मन्दिर निर्माण गरी आफ्ना गुरुजीलाई गादीमा राखेर अटुट भागवत कथा ५ वर्ष संचालन गर्नुका साथै ठूला ठूला यज्ञ,अनुष्ठान,शिविरहरु संचालन गरेर धेरै मानिसका आत्म जागनी गर्दै तत् पश्चात जन्मभूमी देखी देशका विभिन्न भू-भागहरुमा पूगेर नि:शुल्क ज्ञान बाड्दै लाखौँ मानिसहरुलाई अहिंसा मार्गमा लगाएर समाज सुधार र मानव सेवा गर्दै काठमाण्डौको ऐतिहासिक शहर कीर्तीपुर,धादिङ्ग लगायत बिभिन्न जिल्लाहरुमा बिकृती,विसंगती भएको स्थलहरुमा मन्दिर,आश्रमहरु निर्माणको शुभारम्भ गरी तिर्थको जग र दीन दु:खी असहायहरुलाई सेवा दिने आश्रय स्थलको रुपमा विकाश गर्दै हाल आफ्नै जन्मभूमीमा वि.सं २०७२ सालको महांभूकम्पले विनाश भएको मन्दिर तथा आश्रमको पून:निर्माण र सबै मानवले आश्रय पाउने गुरु तिर्थ एवं अक्षरातित श्रीकृष्णधाम निर्माणमा जुटीरहनुभएको छ।उहाँ एउटा संघर्षशील, तपस्वी,स्वयं प्रकाशित,समाज सुधारक र आध्यात्मीक जगतका दार्शनिक पूरुष हुंनुहुन्छ। लाखौँ मानिसहरुका मार्ग दर्शक,प्रेरणाको श्रोत, जीवन र जगतलाई बुझ्न र खेल्न सिकाउने एक योग्य र कुशल गुरु हुनुहुंन्छ।पूर्ण ब्रह्म अक्षरातित श्री कृष्णको परिचय दिने निजानन्द सम्प्रदायमा गुरुजी उहाँका आफ्ना परमश्रद्धेय शास्त्र बिसारद,भागवताचार्य गुरुजी परमधामवासी श्री हरिहर पन्त(शास्त्री) ज्यूका प्रथम शिष्य समेत हुंनुहुन्छ।कलीको भयावह परिस्थितीबाट देश,मानव समाज गुज्रीराखेको र धर्म,संस्कृतिमा विचलन आई मानव समाजमा वर्गीकरण,खण्डीकरण बढिरहेको परिस्थितिमा सत्य यूग शुभारम्भको संकल्प सहित  बि.सं २०७२ सालमा विभिन्न मठ,पुरी,धामहरु र नेपाल सरकारबाट अनुमति लिएर शान्ति तथा सद्भावना धार्मिक यात्रा शुभारम्भ गरी मानव एकता,धर्म समन्वय,वर्ग समन्वय,सद्भाव कायम हुने खालका प्रवचन यात्रा,निष्कलङ्क ब्रम्ह यज्ञ,अनुष्ठानहरु गर्दै शास्त्रीय ज्ञानको मध्यमबाट धेरैका आत्मा जागृत गराउँदै आउनु भएका गुरूजी सबैका शुभचिन्तक र प्रेमी हुंनुहुंन्छ।कलीयुगको नाश भएर सत्य युगको स्थापना होस् र बिश्वका सबै मानवले सुख,शान्ती,मोक्ष पाउन् भन्ने गुरुजीको आकांक्षा र मार्ग दर्शन रहेको छ।उहाँ विभिन्न संघ/संस्था,मठ,पुरी धामहरुबाट मानव सेवा,समाजसेवा, धर्म संस्कृतीको जगेर्ना,ज्ञानको प्रचार गरे बापत थुप्रै मान,पदवीहरुबाट समेत बिभुषीत हुंनुुहुंन्छ।उहांको जिवनी समेटिएको पुस्तक संस्थाले भबिष्यमा प्रकाशित गर्ने छ।गुरुजीबाट दिक्षित सम्पूर्ण शिष्यगणहरुको नाम संकलन हुंन सक्ने जति संकलन गरेर वेब साईट र मन्दिरमा राखिने छ।  गुरुजीलाई शान्ती तथा सद्भावना धार्मिक यात्रामा सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरुको नाम समेत बिस्तारै प्रकाशित गरिने छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 - 
English
 - 
en
German
 - 
de
Hindi
 - 
hi
Japanese
 - 
ja
Nepali
 - 
ne